सुनको मूल्य तीन हजारले घट्यो

सुनको मूल्य तीन हजारले घट्यो

काठमाडौं : नेपाली बजारमा सुन र चाँदीको मूल्यमा मंगलबार घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको हो।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ।

सोमबार सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि घटेको छ। चाँदी आज प्रतितोला १ सय रुपैयाँले घटेर ४ हजार ९ सय ४५ रुपैयाँ कायम भएको छ।

सोमबार चाँदी प्रतितोला ५ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो।

वैशाख १५, २०८३ मंगलबार ११:०४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।