जेनजी आन्दोलनमा जलेका गाडीका नाममा इन्धन दुरुपयोग
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जेनजी आन्दोलनका क्रममा जलेका गाडीका नाममा इन्धन दुरुपयोग भएको पाइएको छ।
जेनजी आन्दोलनमा मन्त्रालय अन्तर्गतका १८ र मातहतका अन्य निकायका ६ गरी कुल २४ वटा सवारीसाधन जलेका थिए।
पूर्ण रूपमा क्षति भएर कबाडको अवस्थामा पुगेका तिनै गाडीका नाममा कर्मचारीले इन्धनको कुपन लिने गरेको पाइएको हो।
घटना बाहिर आएसँगै मन्त्री निशा मेहताले प्रशासन सचिव डिल्लीराम शर्मालाई विस्तृत छानबिन गरी संलग्नमाथि कानुनी कारबाही अघि बढाउन निर्देशन दिएको मन्त्रीका स्वकीय सचिव निरज कटुवालले जानकारी दिए।
वैशाख १५, २०८३ मंगलबार १०:४५:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।