सीजीद्वारा दुई वर्षको वारेन्टीसहित स्ट्यान्ड फ्यान बजारमा सार्वजनिक

सीजीद्वारा दुई वर्षको वारेन्टीसहित स्ट्यान्ड फ्यान बजारमा सार्वजनिक

काठमाडौं : बढ्दो गर्मीलाई मध्यनजर गर्दै नेपालको ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले ‘सीजी मेरिडिया’ सिरिजअन्तर्गत नयाँ स्ट्यान्ड फ्यान  बजारमा ल्याएको छ।

१८ इन्च स्विप भएको यस नयाँ फ्यानमा ११५० आरपीएमको उच्च गति, ५ वटा एयरोडाइनामिक आल्मुनियम ब्लेड, ४-स्पीड कन्ट्रोल र वाइड एंगल ओसिलेसन जस्ता अत्याधुनिक विशेषता छन्।

लामो समय टिक्ने बलियो मोटर प्रयोग गरिएको यस फ्यानमा कम्पनीले २ वर्षको वारेन्टी दिएको छ।

यस नयाँ मोडलसँगै सीजीका स्ट्यान्ड फ्यान सेग्मेन्टमा जम्मा १५ वटा मोडल (३ मेरिडिया, ९ रेगुलर स्ट्यान्ड र ३ फर्राटा फ्यान) पुगेका छन्। यो नेपाली बजारमै सबैभन्दा ठूलो फ्यान पोर्टफोलियो भएको कम्पनीको दाबी छ।

ग्राहकले यी उत्पादनहरू देशभरका २८ वटा सीजी शोरुम, आधिकारिक बिक्रेता र अनलाइनमार्फत सहजै खरिद गर्न सक्नेछन्। कम्पनीले ४० भन्दा बढी सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा समेत सुनिश्चित गरेको छ।

वैशाख १५, २०८३ मंगलबार ०८:१६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।