महालक्ष्मी विकास बैंकद्वारा शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणमा सहयोग

महालक्ष्मी विकास बैंकद्वारा शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणमा सहयोग

काठमाडौं : महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र वित्तीय साक्षरताका क्षेत्रमा विभिन्न सहयोग तथा कार्यक्रम सम्पन्न गरेको छ।

बैंकले पृथ्वी दिवसको अवसरमा लुम्बिनी वर्ल्ड पिस फोरमसँगको सहकार्यमा बाजुराको खप्तड छेडेदह गाउँपालिका-१, काँडामा दुई हजार वटा कागतीका बिरुवा रोप्न आर्थिक सहयोग गरेको छ। यसले स्थानीयको जीविकोपार्जन र वातावरण संरक्षणमा टेवा पुग्ने बैंकले जनाएको छ।

यसैगरी, क्यान्सर रोगको सचेतना र उपचारमा सघाउ पुर्याउन बैंकले कान्ति बाल अस्पतालको क्यान्सर वार्डलाई आर्थिक सहयोग उपलब्ध गराएको छ।

त्यस्तै, 'ग्लोबल मनी विक २०२४' को अवसर पारेर बैंकले बाँकेको नेपालगन्जस्थित युद्ध संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ भने युवाहरूमा वित्तीय ज्ञान बढाउन ‘सातौं नेपाल इकोनोमिक ओलम्पियाड’लाई पनि आर्थिक सहयोग गरेको छ।

साथै, बैंकले आफ्ना देशभरका शाखामार्फत वित्तीय साक्षरता र सचेतनामूलक र्यालीहरू समेत आयोजना गरेको छ।

वैशाख १५, २०८३ मंगलबार ०८:१३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।