होण्डाका दुई नयाँ सर्भिस सेन्टर सञ्चालनमा
काठमाडौं : नेपालका लागि होण्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी (पद्म ज्योति ग्रुप अन्तर्गत)ले विश्वस्तरीय सेवा दिने उद्देश्यले दुई वटा नयाँ प्रिमियम सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
कम्पनीले त्रिपुरेश्वर (साविकको टेकुबाट स्थानान्तरण गरिएको) र कान्तिपथस्थित ज्योति भवनमा यी सेवा केन्द्रहरूको उद्घाटन गरिएको हो।
उद्घाटन समारोहमा एशियन होण्डा मोटर कम्पनीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत तोसिओ कुवाहारा, स्याकार ट्रेडिङका चेयरम्यान सौरभ ज्योति र भाइस चेयरम्यान सुहृद ज्योतिको उपस्थिति रहेको थियो।
कम्पनीले पहिलो चरणमा देशभर ६ वटा अत्याधुनिक सेवा केन्द्रहरू सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको छ। 'पहिलेकै मूल्यमा प्रिमियम सर्भिस' भन्ने अवधारणाका साथ सुरु गरिएको यस पहलले सेवाग्राहीलाई अतिरिक्त शुल्क बिना नै उच्चस्तरीय सेवा दिने लक्ष्य राखेको छ।
सेवा केन्द्रहरूमा 'थ्री-एस' (शोरुम, सर्भिस र जेन्युन पार्ट्स) को सुविधा एउटै छानामुनि उपलब्ध छ। यहाँ अत्याधुनिक डायग्नोस्टिक उपकरण, डिजिटल सर्भिस ट्र्याकिङ प्रणाली र 'फास्ट सर्भिस बेज'मार्फत कम समयमै गुणस्तरीय काम गरिने कम्पनीले जनाएको छ।
वैशाख १४, २०८३ सोमबार २१:२८:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।