७.७३ अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ७४ करोडमा खुम्चियो

७.७३ अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ७४ करोडमा खुम्चियो

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ। आज नेप्से ७.७३ अंकले बढेर २७९६ विन्दुमा कायम भएको छ।

आज चार अर्ब ७४ करोड ८८ लाखको कारोबार भयो। अघिल्लो दिन  पाँच अर्ब २७ करोड करोडको कारोबार भएको थियो।

१५७ कम्पनीको मूल्य बढ्दा १०२ को घट्यो भने १० को स्थिर रह्यो।

आज उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५२ प्रतिशत प्रतिशत बढ्यो। बैंकिङ ०.६८, विकास बैंक १.१४,  फाइनान्स ०.४२, होटल तथा पर्यटन ०.९७, जीवन बीमा ०.१३ , माइक्रोफाइनान्स ०.२९, निर्जीवन बीमा ०.१५ प्रतिशत बढे।

हाइड्रोपावर ०.१९, लगानी ०.२८, म्युचुअल फन्ड ०.०७, व्यापार १.३९ र अन्य ०.४४ प्रतिशत घटे। 

कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट र शिखर पावर १५ प्रतिशतले बढे भने सिटी होटल १४.९९ प्रतिशत बढ्यो।

आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन्।   

वैशाख १४, २०८३ सोमबार १५:१४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।