एकैदिन १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।
अघिल्लो दिनको तुलनामा सोमबार सुनको मूल्य एकैदिन प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आइतबार प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आइतबार प्रतितोला ४ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार प्रतितोला ५० रुपैयाँले बढेको छ।
यस वृद्धिसँगै चाँदीको नयाँ मूल्य प्रतितोला ५ हजार ४५ रुपैयाँ पुगेको छ।
वैशाख १४, २०८३ सोमबार ११:००:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।