बतास एमएडब्लु कमर्सियल भेहिकल्सको तेस्रो वार्षिकोत्सवमा देशभर सामाजिक कार्यक्रम आयोजना

बतास एमएडब्लु कमर्सियल भेहिकल्सको तेस्रो वार्षिकोत्सवमा देशभर सामाजिक कार्यक्रम आयोजना

काठमाडौं : बतास अर्गनाइजेसन र एमएडब्लु इन्टरप्राइजेजको संयुक्त साझेदारी ‘बतास एमएडब्लु कमर्सियल भेहिकल्स’ ले विभिन्न सामाजिक उत्तरदायित्व (CSR) का कार्यक्रमहरू गर्दै आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ।

व्यावसायिक सफलतासँगै समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यका साथ कम्पनीले रक्तदान, स्वास्थ्य शिविर, वृक्षारोपण र वृद्धाश्रममा सहयोगलगायतका कार्यक्रम आयोजना गरेको हो।

वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रमबाट ५१ युनिट रगत संकलन गरिएको छ भने निःशुल्क स्वास्थ्य शिविरबाट ८७ जना लाभान्वित भएका छन्। त्यसैगरी, वातावरणीय दिगोपनलाई ध्यानमा राख्दै कम्पनीले देशभर रहेका आफ्ना १४ वटा शाखामार्फत वृक्षारोपण कार्यक्रमसमेत सम्पन्न गरेको छ।

यसै अवसरमा कम्पनीले मातातीर्थ वृद्धाश्रममा खाद्यान्न वितरण गर्नुका साथै त्यहाँ आश्रित ज्येष्ठ नागरिकहरूसँग खाना खाएर समय बिताएको थियो।

तीन वर्षको यात्रा पूरा गरेको बीएमसीभीले आगामी दिनमा पनि व्यापारिक विस्तारसँगै सामाजिक कल्याण र उत्तरदायित्वका कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

वैशाख १४, २०८३ सोमबार ०९:४५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।