एनएमबि बैंकलाई जर्मनीको कमर्ज बैंकबाट 'एसटीपी अवार्ड २०२५' प्रदान

एनएमबि बैंकलाई जर्मनीको कमर्ज बैंकबाट 'एसटीपी अवार्ड २०२५' प्रदान

काठमाडौं : एनएमबि बैंकले जर्मनीको प्रतिष्ठित कमर्ज बैंक एजीबाट ‘एसटीपी अवार्ड २०२५’ प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय भुक्तानी र वित्तीय कारोबारमा उत्कृष्ट, छिटो र स्वचालित सेवा प्रदान गरेबापत बैंकलाई यो सम्मान प्रदान गरिएको हो।

यो अवार्ड म्यानुअल हस्तक्षेपबिना पूर्ण स्वचालित र सुरक्षित रूपमा सीमापार (अन्तर्राष्ट्रिय) कारोबार सम्पन्न गर्ने उत्कृष्ट बैंकहरूलाई मात्र दिइने अन्तर्राष्ट्रियस्तरको मान्यता हो। यस सम्मानले एनएमबि बैंकको प्राविधिक दक्षता र भरपर्दो सेवालाई पुष्टि गरेको छ। 

अवार्ड प्राप्त गरेपछि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरेले यो उपलब्धि ग्राहकलाई सरल, छिटो र सुरक्षित अन्तर्राष्ट्रिय बैंकिङ सेवा दिने बैंकको निरन्तर प्रयासको प्रतिफल भएको बताए। 

हाल एनएमबि बैंकले देशभर रहेका आफ्ना १९८ शाखा, १८४ एटीएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

वैशाख १४, २०८३ सोमबार ०९:४१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।