इनड्राइभद्वारा २७ लाखको इन्धन सहयोग घोषणा
काठमाडौं : इनड्राइभले प्लाटिनम ड्राइभर गिभअवे अभियानका विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने क्याब चालक पेशल बुढाथोकीलाई टाटा एक्सप्रेस-टी ईभी र बाइक चालकहरू साम्देन तामाङ तथा सरोज खतिवडालाई याडिया भिलक्स ई-स्कुटर प्रदान गरियो।
गत मार्च २ देखि २९ सम्म चलेको यस अभियान अन्तर्गत अन्य १६ जनालाई सामसुङ स्मार्टफोन र ४ जनालाई स्टेसन प्याकेज समेत दिइएको छ।
सोही अवसरमा इनड्राइभले चालकहरूको आर्थिक राहतका लागि अप्रिल १५ देखि लागू हुने गरी २७ लाख रुपैयाँ बराबरको इन्धन सहयोग कार्यक्रमसमेत घोषणा गरेको छ। कम्पनीका अनुसार चालकहरूको सक्रियता र सेवाको गुणस्तरका आधारमा यो सहयोग वितरण गरिनेछ।
वैशाख १३, २०८३ आइतबार ०८:५७:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।