कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल
तनहुँ : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन जरुरी रहेको बताएका छन्।
कांग्रेस तनहुँको शनिबार यहाँ आयोजित विस्तारित बैठकमा उनले पार्टीभित्रको एकता नै सबैभन्दा ठूलो शक्ति भएकाले एकताको विकल्प नभएको बताए।
वर्तमान राजनीतिक परिवेशमा पार्टीलाई मजबुत बनाउन सङ्गठन सुदृढीकरण आवश्यक रहेको औँल्याउँदै महामन्त्री पौडेलले सबै तहका नेता तथा कार्यकर्तालाई साझा उद्देश्यका साथ अघि बढ्न आग्रह गरे।
“पार्टीभित्र आपसी सहकार्य, समन्वय र विश्वास बलियो बनाउन सके मात्रै नेपाली कांग्रेसलाई अझ सशक्त बनाउन सकिन्छ”, उनले भने।
महामन्त्री पौडेलले कांग्रेसले सुरु गरेको ‘जरा अभियान’ले सङ्गठनलाई नयाँ दिशा दिने विश्वाससमेत व्यक्त गरे।
वैशाख १२, २०८३ शनिबार २१:४१:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।