ओप्पो ‘ए६०’ सार्वजनिक, यस्ता छन् विशेषता

ओप्पो ‘ए६०’ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं : ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ‘ए६०’ नेपाली बजारमा सार्वजनिक गरेको छ। दैनिक प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको यो फोनमा टिकाउपन, सहज प्रदर्शन र लामो समय टिक्ने ब्याट्रीको सन्तुलन मिलाइएको दाबी गरिएको छ।

‘ए६०’मा ६ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज उपलब्ध छ। फोनमा ६.६७ इन्चको एचडी प्लस अल्ट्रा ब्राइट डिस्प्ले र १२० हर्जको रिफ्रेस रेट रहेको छ, जसले गेमिङ र भिडियोमा सहज अनुभव प्रदान गर्छ। स्लिक डिजाइन र म्याट फिनिसिङका कारण यो फोन समात्न सजिलो र प्रिमियम देखिने कम्पनीले जनाएको छ।

टिकाउपनका लागि यसमा धुलो र पानीबाट जोगाउने आइपि५४ रेटिंग दिइएको छ। स्क्रिन भिजेको अवस्थामा पनि सजिलै चलाउन मिल्ने ‘स्प्ल्यास टच’ र पन्जा लगाएर पनि चलाउन सकिने ‘ग्लभ टच’ यसका प्रमुख विशेषता हुन्।

स्मार्टफोन स्न्यापड्रागन ६८० (६ न्यानोमिटर) प्रोसेसरबाट सञ्चालित छ र यसमा कलर ओएस १४ सफ्टवेयर रहेको छ। यसमा ५१०० एमएएच क्षमताको ब्याट्री र ४५ वाटको फास्ट चार्जिङ सुविधा छ। यसका साथै रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ, जसबाट अन्य उपकरणहरू समेत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

आइस ब्लु र प्लम पर्पल गरी दुई रङमा उपलब्ध यो फोनको मूल्य ३२ हजार ४९९ रुपैयाँ तोकिएको छ। विशेष योजना अन्तर्गत असार १० हजार २०८१ सम्म फोन खरिद गर्ने ग्राहकले एक महिनाभित्र केही समस्या आएमा दुई महिनासम्मको साट्ने (रिप्लेसमेन्ट) ग्यारेन्टी पाउनेछन्। साथै, पहिलो ३०० खरिदकर्तालाई विशेष ओप्पो फोन स्ट्यान्ड उपहार दिइने कम्पनीले जनाएको छ।

वैशाख १२, २०८३ शनिबार २०:५६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।