नेपाली बजारमा गोदरेजका नयाँ रेफ्रिजरेटर

नेपाली बजारमा गोदरेजका नयाँ रेफ्रिजरेटर

काठमाडौं : सिजी इलेक्ट्रोनिक्सले गोदरेज ब्रान्डका नयाँ रेफ्रिजरेटरहरू नेपाली बजारमा ल्याएको छ। नेपालको अनियमित विद्युत् आपूर्ति र भोल्टेज उतारचढावलाई मध्यनजर गर्दै यी रेफ्रिजरेटरहरू डिजाइन गरिएको सिजीले जनाएको छ।

हालै ‘इन्डियाज मोस्ट ट्रस्टेड ब्रान्ड २०२६/२७’को उपाधि पाएको गोदरेजका यी उत्पादनमा इन्भर्टर कम्प्रेसर प्रविधि छ, जसले खानाको मात्रा र तापक्रम अनुसार आफूलाई समायोजन गरी ऊर्जा बचत गर्दछ।

५० डिग्री सेल्सियसको उच्च तापक्रममा समेत कार्यक्षमता नघट्ने गरी परीक्षण गरिएको यी फ्रिजमा स्वास्थ्य सुरक्षाका लागि ‘न्यायानो सिल्ड’ प्रविधि प्रयोग गरिएको छ। यसले ९५ प्रतिशतभन्दा बढी कीटाणु र भाइरस नष्ट गर्ने दाबी कम्पनीको छ।

यी रेफ्रिजरेटरमा प्रयोग गरिएको २.२४ इन्चको पीयूएफ इन्सुलेसनले बिजुली नभएको अवस्थामा पनि २४ घण्टासम्म चिसोपन कायम राख्न सहयोग पुर्याउँछ। यसका अन्य विशेषताहरूमा ११०-२६० भोल्टको बिल्ट-इन स्टेबलाइजर, ४-इन-१ कन्भर्टिबल मोड र पर्यावरणमैत्री R600a रेफ्रिजेरेन्ट रहेका छन्।

नयाँ वर्ष २०८३ को अवसरमा ग्राहकले गोदरेज रेफ्रिजरेटरको खरिदमा ३५ हजार ३०० रुपैयाँसम्मको आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यी उत्पादनहरू सिजी इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक वितरण सञ्जालमार्फत उपलब्ध छन्।

वैशाख १२, २०८३ शनिबार १८:२१:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।