थापाथली सुकुम्बासी बस्तीमा आइपुग्यो डोजर : आफैँ घर भत्काउँदै छन् स्थानीय, बस्तीभित्र बाहिर मिडिया निषेध

थापाथली सुकुम्बासी बस्तीमा आइपुग्यो डोजर : आफैँ घर भत्काउँदै छन् स्थानीय, बस्तीभित्र बाहिर मिडिया निषेध

काठमाडौं : काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको अव्यवस्थित सुकुम्बासी बस्ती भत्काउन काठमाडौं महानगरपालिकाको टोली डोजरसहितका हेभी उपकरण लिएर पुगेको छ।

शनिबार बिहानैदेखि बाक्लो सुरक्षा घेरामा रहेको यस बस्तीमा अबको केही बेरमै डोजर चल्ने निश्चित भएको छ।

जिल्ला प्रशासन कार्यालय र काठमाडौं महानगरको अल्टिमेटमपछि सुकुम्बासीहरू आफैँले आफ्नो टहरा भत्काएर काम लाग्ने जस्तापाता सामग्री पन्छाइरहेका छन्।

तर, विस्थापनको यो दृश्य कैद गर्न पुगेका सञ्चारकर्मीहरूलाई भने सुरक्षाकर्मीले बस्तीभित्र प्रवेश गर्न पूर्ण रूपमा रोक लगाएका छन्।

जसकारण पत्रकार र फोटो पत्रकारहरू सुरक्षा घेराभन्दा परैबाट क्यामेरा तेर्स्याएर घटनाक्रमको रिपोर्टिङ गर्न बाध्य छन्।

थापाथलीबाट सुरु भएको यो अभियान लगत्तै सिनामंगलको गैरीगाउँ र मनोहरासम्म पुग्ने सरकारको कार्यतालिका छ।

प्रधानमन्त्री वालेन्द्र शाहले उनीहरूलाई विकल्पसहित व्यवस्थापन गर्न खोजिएको बताए पनि प्रक्रिया नमिलेको भन्दै सुकुम्बासी आक्रोशित छन्।

तस्बिरहरू- दिपेश श्रेष्ठ/उकेरा

वैशाख १२, २०८३ शनिबार ०८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।