सुनको मूल्यमा २२ सय रुपैयाँले घट्यो
काठमाडौं : नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ।
यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि घटेको छ।
शुक्रबार प्रतितोला ५ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज ७५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
वैशाख ११, २०८३ शुक्रबार ११:११:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।