सिजीले ल्यायो घरभित्रको वातावरण स्वच्छ राख्ने प्रविधि
काठमाडौं : देशका प्रमुख शहरहरूमा वायु प्रदूषणको स्तर बढेर अस्वस्थकर बनिरहेको बेला सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको ब्रान्ड ब्ल्याक+डेकरको अत्याधुनिक एयर प्युरिफायर सहायताले घरभित्रको वातावरण स्वच्छ राख्न सकिने जनाएको छ।
वैशाख १० गतेको तथ्याङ्कअनुसार वायु गुणस्तर सूचकाङ्क १५० देखि १८० सम्म पुगेको र यो स्वास्थ्यका लागि हानिकारक मानिने भएकाले अत्याधुनिक एयर प्युरिफायरमार्फत स्वास्थ्य सतर्कता अपनाउन सकिने जनाएको हो।
सन् १९१० देखि विश्वव्यापी रूपमा चिनिएको ११६ वर्ष पुरानो यस ब्रान्डले नेपाली बजारमा AP3560-B5 मोडलको एयर प्युरिफायर उपलब्ध छन्। उपकरणमा ३-तहको सुरक्षा प्रणाली जडान गरिएको छ, जसमा रहेको 'ट्रु हेपा १३' फिल्टरले हावामा रहेका ९९.९७ प्रतिशत हानिकारक सूक्ष्म कण र ब्याक्टेरियालाई नष्ट गर्दछ।
यस्तै, यसमा रहेको एक्टिभेटेड कार्बन फिल्टरले धुवाँ र ग्यासहरू सोसेर हावालाई ताजा बनाउन मद्दत गर्दछ। नेपाली इलेक्ट्रोनिक्स बजारमा ४० वर्षभन्दा लामो इतिहास बोकेको सिजी इलेक्ट्रोनिक्सले यी एयर प्युरिफायरहरूमा २४ महिना (२ वर्ष) को विस्तृत वारेन्टी प्रदान गरेको जनाएको छ।
देशभर रहेका २८ वटा सिजी डिजिटल तथा एलजी शपी शोरुमहरू र अनलाइन पोर्टलमार्फत यी उपकरणहरू सहजै खरिद गर्न सक्नेछन्। जसमार्फत बाहिरी प्रदूषण नियन्त्रण गर्न कठिन भए पनि धेरै समय बिताइने घर वा कार्यालयभित्रको हावालाई सुरक्षित राख्न कम्पनीको दाबी छ।
वैशाख १०, २०८३ बिहीबार १७:१०:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।