१७ अंकले घट्यो सेयर बजार, ५ अर्बमा खुम्चियो कारोबार

१७ अंकले घट्यो सेयर बजार, ५ अर्बमा खुम्चियो कारोबार

काठमाडौं : बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ। आज नेप्से १७.०१अंकले घटेर २७८७.१५ विन्दुमा कायम भएको छ।

कारोबार रकम पनि घटेको छ। आज पाँच अर्ब नौ करोड ५९ लाखको कारोबार भयो। अघिल्लो दिन सात अर्ब ८१ करोडको कारोबार भएको थियो।

४६ कम्पनीको मूल्य बढ्दा २१६ को घट्यो भने ७ को स्थिर रह्यो।

आज उत्पादन तथा प्रशोधन ०.६०, म्युचुअल फन्ड ०.५० र व्यापार ०.४३ प्रतिशत बढे।

बैंकिङ ०.७७, विकास बैंक ०.०८,  फाइनान्स १.०६,  होटल तथा पर्यटन १.४२, हाइड्रोपावर १.०५, लगानी ०.५३, जीवन बीमा ०.४३ , माइक्रोफाइनान्स ०.५३, निर्जीवन बीमा १.१९ र अन्य ०.८५ प्रतिशत घटे।

पाल्पा सिमेन्ट र शिखर पावर १४.९९ प्रतिशतले बढे। 

आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, आँखुखोला जलविद्युत, होटल फरेस्ट इन र नेसनल हाइड्रोपावर रहेका छन्।   

वैशाख १०, २०८३ बिहीबार १५:२१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।