प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा हर्क साम्पाङ, संविधान संशोधनका लागि दिए लिखित सुझाव

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा हर्क साम्पाङ, संविधान संशोधनका लागि दिए लिखित सुझाव

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ) ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको पक्षमा आफ्नो प्रस्ताव राखेका छन्।

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ लागि आफ्नो पार्टीको तर्फबाट लिखित सुझाव पेश गर्दै उनले यस्तो धारणा राखेका हुन्।

उनले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, सरकार गठन गर्दा निर्वाचित कार्यकारी कार्यकारी राष्ट्रपतिले नै चुनेका मन्त्री परिषद् गठन गरिने, मन्त्री परिषद् चयन गर्दा समावेशीका आधारमा  आधारमा गर्नुपर्ने उल्लेख गरेका छन्।

त्यस्तै व्यवस्थापिकातर्फ उनले पाँच बुँदे सुझाव दिएका छन्।

उनले सरकार सञ्चालनको कार्यविधि तय गर्ने, कानुन तय गर्ने, सरकारको काम सम्बन्धित कार्यविधि मुताबिक भए नभएको अध्ययन गर्ने, मूल्याङ्कन गर्ने, र निरीक्षण गरी सरकारलाई सुझाव दिने उल्लेख गरेका छन्।

यसैगरी कार्यकारी प्रमुखका सीमा निर्धारण गर्ने, निरंकुशताको व्याख्या गर्ने, कार्यकारी प्रमुख निरंकुश बने महाअभियोग लगाउने र संसदमा महाअभियोग पास भए कार्यकारी प्रमुख पदमुक्त हुने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ ।

यसै गरी सबै जातजातिका नागरिकहरुलाई राज्यका सबै अंगहरुमा सहभागी गराउने, राजनीतिक पद तथा सेना, प्रहरी लगायत सबै कर्मचारी संयन्त्रमा सहभागी गराउने व्यवस्था मिलाउन पनि उनले सुझाव दिएका छन्।

वैशाख १०, २०८३ बिहीबार १३:३८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।