बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)को आह्वानमा मन्त्रिपरिषद्को बैठक बस्दैछ। बैठक दिउँसो १२ बजेका लागि बोलाइएको हो।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको उक्त बैठकबारे नेपाल सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ।

सचिवालयले भन्यो, ‘सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनुभएको मन्त्रिपरिषद बैठक अहिले १२ बजे बस्दैछ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।’

आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित एजेन्डा, देशको समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफलका साथै केही महत्त्वपूर्ण निर्णयहरू हुनेछ।

वैशाख १०, २०८३ बिहीबार ११:१६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।