सुनचाँदीको मूल्य आज पनि घट्यो

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं : नेपाली बजारमा बिहीबार पनि सुन र चाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार आठ सय र चाँदी एक सय १० रुपैयाँले घटेको हो। 

आज सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार सात सय कायम भएको छ। बुधबार सुन प्रतितोला तीन लाख पाँच हजारमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने एक सय १० रुपैयाँले घटेर पाँच हजार २० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी पाँच हजार एक सय ३० रुपैयाँमा कारोबार भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

वैशाख १०, २०८३ बिहीबार ११:११:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।