नयाँ वर्ष २०८३ : डिसहोमको इन्टरनेट र टिभीमा ३ महिनासम्मको बोनस अफर
काठमाडौं : डिसहोमले नयाँ वर्ष २०८३ को अवसर पारेर इन्टरनेट तथा टेलिभिजन सेवामा विशेष वार्षिक अफर सार्वजनिक गरेको छ।
कम्पनीले वार्षिक नवीकरण बढाउने र निष्क्रिय ग्राहकलाई पुनः जोड्ने उद्देश्यसहित अधिकतम ९० दिन सम्मको बोनस योजना ल्याएको हो।
इन्टरनेटतर्फ वार्षिक रिचार्ज गर्ने ग्राहकलाई स्पिडअनुसार १५ देखि ६० दिनसम्मको बोनस दिइनेछ। सेवा बन्द हुनुभन्दा १५ दिन अगावै रिचार्ज गरेमा थप ३० दिनसहित अधिकतम ९० दिनसम्मको बोनस पाइनेछ।
३० दिनभन्दा बढी समयदेखि सेवा बन्द भएका ग्राहकले पुनः वार्षिक रिचार्ज गर्दा ९० दिनको बोनस पाउनेछन्। साथै, उनीहरूका लागि तार र स्थानान्तरण निःशुल्क गरिएको छ।
यस्तै, २०० एमबीपीएस वा सोभन्दा माथिको गतिको वार्षिक प्याकेज जोड्ने नयाँ ग्राहकले १२ महिनाको पैसा तिर्दा १४ महिनाको सुविधा (२ महिना बोनस) पाउनेछन्।
टेलिभिजनतर्फ ‘इयरली मल्टी-टिभी प्याकेज’मा वार्षिक रिचार्ज गर्ने नियमित तथा निष्क्रिय दुवै ग्राहकले २ महिनाको बोनस पाउनेछन्।
सेवा अवधि सकिनुभन्दा १५ दिनअघि नै नवीकरण गरेमा थप १ महिनासहित अधिकतम ३ महिनाको बोनस प्राप्त हुनेछ। अफर लागू भएसँगै पुराना बोनस योजनाहरू भने खारेज गरिएका छन्।
यो अफर वार्षिक योजनामा मात्र लागू हुने कम्पनीले प्रष्ट पारेको छ।
इन्टरनेट रिचार्ज अफर २० चैत २०८२ देखि १५ वैशाख २०८३ सम्म, इन्टरनेट नयाँ जडान अफर १ वैशाखदेखि ३१ वैशाख २०८३ सम्म र टिभी अफर १ वैशाखदेखि ३२ असार २०८३ सम्म लागू हुनेछ।
वैशाख १०, २०८३ बिहीबार ११:०४:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।