सामान्य अंकले घट्यो नेप्से, ७ अर्ब ८१ करोडको कारोबार
काठमाडौं : बुधबार सेयर बजार सामान्य अंकले घटेको छ। आज नेप्से २.९५अंकले घटेर २८०४ विन्दुमा कायम भएको छ।
कारोबार रकम भने सामान्य बढेको छ। आज सात अर्ब ८१ करोड ३९ लाखको कारोबार भयो। अघिल्लो दिन ५ अर्ब ७७ करोड ४३ लाखको कारोबार भएको थियो।
१२१ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने १० को स्थिर रह्यो।
आज पाँच समूहका उपसुचक बढेका छन्। फाइनान्स समूह सबैभन्दा धेरै ०.५८ प्रतिशत बढ्यो। बैंकिङ ०.१३, लगानी ०.०९, उत्पादन तथा प्रशोधन ०.२५ र निर्जीवन बीमा ०.३८प्रतिशत बढे।
विकास बैंक ०.२७, होटल तथा पर्यटन २.३६, हाइड्रोपावर ०.०६, जीवन बीमा ०.२५ , माइक्रोफाइनान्स ०.१५, अन्य ०.०३ तथा व्यापार १.१० प्रतिशत घटे।
आज पाल्पा सिमेन्टको मूल्य १५ प्रतिशतले बढ्यो। सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावरको १४.९९, झापा इनर्जी १४.०८ प्रतिशत बढे।
आज धेरै कारोबार भएका कम्पनीमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, , होटल फरेस्ट इन र एसवाई प्यानल रहेका छन्।
वैशाख ९, २०८३ बुधबार १५:२३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।