८०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

८०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

काठमाडौं : नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सयले घटेको छ।

महासंघका अनुसार आज सुन तीन लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन तीन लाख एक हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर पाँच हजार एक सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी पाँच हजार एक सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

वैशाख ९, २०८३ बुधबार ११:१६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।