कजारिया टायल्सको नयाँ शोरुम चितवनमा सञ्चालन

कजारिया टायल्सको नयाँ शोरुम चितवनमा सञ्चालन

चितवन : कजारिया रमेश टायल्स लिमिटेडले चितवनको मंगलपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

अथर्व इन्टरप्राइजेजद्वारा सञ्चालित उक्त शोरुमको उद्घाटन सोमबार कम्पनीका निर्देशक हिमांशु अग्रवालले गरेका हुन्।

चितवन र आसपासका क्षेत्रमा बढ्दो निर्माण कार्यलाई मध्यनजर गर्दै ग्राहकलाई उच्च गुणस्तरका टायल सहज रूपमा उपलब्ध गराउन यो शाखा विस्तार गरिएको अग्रवालले बताए।

नेपालकै सबैभन्दा ठूलो टायल उत्पादक कजारियाका हाल देशभर १०० भन्दा बढी शोरुम छन्।

यस कम्पनीले पानी र दाग प्रतिरोधी, बलिया र आधुनिक डिजाइनका तीन हजारभन्दा बढी प्रकारका टायलहरू बजारमा उपलब्ध गराउँदै आएको छ।

वैशाख ९, २०८३ बुधबार ०७:२७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।