सेयर बजार १८ अंकले घट्यो, ३ कम्पनी १५ प्रतिशत बढे

सेयर बजार १८ अंकले घट्यो, ३ कम्पनी १५ प्रतिशत बढे

काठमाडौं : मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ। आज नेप्से १८.१०अंकले घटेर २८०७ विन्दुमा कायम भएको छ।

कारोबार रकम भने सामान्य बढेको छ। आज ५ अर्ब ७७ करोड ४३ लाखको कारोबार भयो। अघिल्लो दिन  १३ अंकले घटेको बजारमा ५ अर्ब ४३ करोड ४२ लाखको कारोबार भएको थियो।

४८ कम्पनीको मूल्य बढ्दा २१५ को घट्यो भने ६ को स्थिर रह्यो।

आज होटल तथा पर्यटन बाहेक सबै समूहका उपसुचक घटेका छन्। होटल तथा पर्यटन १.१६ प्रतिशत बढ्यो। सोमबार पनि यही समूह मात्र बढेको थियो ।

 बैंकिङ ०.४५, फाइनान्स १.०९, हाइड्रोपावर १.२३, लगानी ०.६०, जीवन बीमा ०.२३ उत्पादन तथा प्रशोधन ०.५३, माइक्रोफाइनान्स ०.४९, निर्जीवन बीमा ०.८६ अन्य १.२७ तथा व्यापार ०.९६ प्रतिशत घटे।

आज सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र पाल्पा सिमेन्टको मूल्य १५ प्रतिशतले बढ्यो।  शिखर पावरको १४.९९, कर्पोरेट विकास बैंकको १४.८२  र एशियन हाइड्रोपावर १०.३८ प्रतिशत बढे।
 
आज धेरै कारोबार भएका कम्पनीमा सोलु हाइड्रोपावर,  रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, होटल फरेस्ट इन र एसवाई प्यानल रहेका छन्।   

वैशाख ८, २०८३ मंगलबार १५:३३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।