महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरू
काठमाडौं : महालक्ष्मी विकास बैंकले यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा नेपालमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरु गरेको छ।
फोनपे नेटवर्कमार्फत सञ्चालन हुने यो सुविधासँगै अब नेपाल भ्रमणमा आउने चीनलगायत विभिन्न देशका पर्यटकले महालक्ष्मी विकास बैंकका मर्चेन्टहरूमा क्यूआर कोड स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन्।
यसले पर्यटकहरूलाई नगद बोक्नुपर्ने झन्झटबाट मुक्ति दिने बैंकले जनाएको छ।
यसैबीच, बैंकले ‘डिजिटल प्रवर्द्धन वर्ष २०८३’ को अवसरमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूका लागि विशेष उपहार योजनासमेत ल्याएको छ।
यसअन्तर्गत वैशाखको पहिलो हप्ता कम्तीमा एक सफल कारोबार गर्ने ग्राहकहरूमध्येबाट गोलाप्रथाद्वारा ३ जनालाई आकर्षक भ्रमण प्याकेज प्रदान गरिनेछ।
देशभर १०३ शाखा सञ्जाल रहेको बैंकले डिजिटल बैंकिङलाई थप सुरक्षित र सहज बनाउने प्रतिबद्धता जनाएको छ।
वैशाख ८, २०८३ मंगलबार ११:१७:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।