सुनको मूल्य बढ्दा चाँदी भने घट्यो
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार छ सयले बढेको छ।
महासंघका अनुसार आज सुन तीन लाख एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन दुई लाख ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर पाँच हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी पाँच हजार एक सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
वैशाख ८, २०८३ मंगलबार ११:१५:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।