नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सवमा विलम्ब शुल्कमा शतप्रतिशत छुट
काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा व्यतीत बीमालेखहरूमा विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ।
कम्पनीले वैशाख ७ गतेदेखि जेठ ५ गतेसम्मका लागि यो विशेष पुनर्जागरण योजना ल्याएको हो।
आर्थिक कठिनाइका कारण बीमालेख नवीकरण गर्न नसकेका बीमितहरूलाई पुनः बीमा सुरक्षाको दायरामा ल्याउने उद्देश्यले पहिलोपटक यति ठूलो छुट सुविधा उपलब्ध गराइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जानकारी दिए।
कम्पनीले आफ्ना सम्पूर्ण बीमितहरूलाई तोकिएको समयभित्र आफ्नो बीमालेख नवीकरण गरी निरन्तर सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।
वैशाख ८, २०८३ मंगलबार १०:५८:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।