सामसङ नेपालद्वारा ‘सपनादेखि सम्भावनासम्म’ अभियान सार्वजनिक

सामसङ नेपालद्वारा ‘सपनादेखि सम्भावनासम्म’ अभियान सार्वजनिक

काठमाडौं : सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई सम्मान गर्दै ‘सपनादेखि सम्भावनासम्म’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ।

यस अभियानअन्तर्गत रेमिटेन्समा निर्भर परिवारलाई लक्षित गरी ‘सामसङ रेमिट’ मा बेनिफिट’ पहल सुरु गरिएको छ।

अप्रिल २४ देखि लागू हुने यस अफरमार्फत सामसङका उत्पादन खरिदमा विशेष छुट, २४ महिनासम्मको सजिलो ईएमआई, एनसेल रिचार्जमा बोनस डाटा र खल्तीमार्फत क्यासब्याकको सुविधा प्राप्त गर्न सकिनेछ। 

कम्पनीले आईएमई रेमिट, एनसेल, खल्ती र हुलास फिन सर्भसँगको सहकार्यमा ल्याएको यस अभियानले वैदेशिक रोजगारीबाट प्राप्त रेमिटेन्सको महत्व र सामसङका एआई-सक्षम डिभाइसहरूले परिवारको जीवनलाई कसरी सहज बनाउँछन् भन्नेमा जोड दिएको छ।

वैशाख ८, २०८३ मंगलबार १०:३४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।