१३ अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब ४३ करोडमा खुम्चियो
काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ। आज नेप्से १३.१७ अंकले घटेर २८२५ विन्दुमा कायम भएको छ।
कारोबार रकम पनि घटेको छ। आज ५ अर्ब ४३ करोड ४२ लाखको कारोबार भयो। अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएको थियो।
६५ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ६ को स्थिर रह्यो।
आज होटल तथा पर्यटन बाहेक सबै समूहका उपसुचक घटेका छन्। होटल तथा पर्यटन १.०१ प्रतिशत बढ्यो।
बैंकिङ ०.८४, विकास बैंक ०.१६, फाइनान्स ०.७०, हाइड्रोपावर ०.२३, लगानी ०.८४, जीवन बीमा ०.६२ उत्पादन तथा प्रशोधन ०.८४, माइक्रोफाइनान्स ०.४९, निर्जीवन बीमा ०.११ अन्य ०.४० तथा व्यापार ०.३३ प्रतिशत घटे।
आज सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इनको मूल्य १५ प्रतिशतले बढ्यो। पाल्पा सिमेन्ट र शिखर पावर १४.९९ र झापा इनर्जी ११.८८ प्रतिशत बढे। रिजलाइन इनर्जी १०.९९ प्रतिशत बढ्यो।
आज धेरै कारोबार भएका कम्पनीमा होटल फरेस्ट इन, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्दुत र रिलायन्स स्पिनिङ मिल्स छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आजबाट सर्किट ब्रेकको नयाँ व्यवस्था लागू गरेको हो। नयाँ व्यवस्था अनुसार कम्पनीको सेयर मूल्य घटबढ हुने दैनिक सीमा बढाएर १५ प्रतिशत पुर्याइएको छ।
वैशाख ७, २०८३ सोमबार १५:१९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।