घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार तीन सयले घटेको छ।

महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार सात सय रुपैयाँ तोकेको छ। आइतबार सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्यमा पनि ३५ रुपैयाँले घटेर तोलामा पाँच हजार एक सय ९० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला पाँच हजार दुई सय २५  रुपैयाँमा किनबेच भएको थियो।

वैशाख ७, २०८३ सोमबार १०:४७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।