एसईई दिएका विद्यार्थीलाई एनसेलको 'पहिलो सिम' अफर: ५० रुपैयाँमै २ जीबी डेटा, टक टाइम र डिजिटल लर्निङको सुविधा
काठमाडौं : एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि आफ्नो विशेष अफर ‘पहिलो सिम’ संचालनमा ल्याएको छ।
विद्यार्थीहरूलाई सञ्चार सेवाका साथै डिजिटल सिकाइसँग जोड्ने उद्देश्यले एनसेलले यो आकर्षक प्याकेज ल्याएको हो।
यस अफरमा विद्यार्थीहरूले मात्र ५० रुपैयाँ (करसहित) मा प्रिपेड सिम लिन सक्नेछन्। यस सिममा विद्यार्थीले आफ्नो रोजाइको मोबाइल नम्बर छान्न पाउने सुविधा समेत रहेको छ।
सिम खरिद गर्दा विद्यार्थीहरूले तत्काल २ जीबी डेटा र सबै नेटवर्कमा कल गर्न मिल्ने ५० मिनेट टक टाइम पाउनेछन्। यसका साथै, विद्यार्थीहरूलाई शैक्षिक सहयोग पुर्याउन एनसेलले डिजिटल लर्निङ प्लेटफर्म ‘मेरो स्कुल’ र ‘गेमिङ प्रिमियर लिग’ (जीपीएल) मा २८ दिनका लागि निःशुल्क पहुँच उपलब्ध गराएको छ। ‘मेरो स्कुल’ मार्फत विद्यार्थीहरूले आफ्नो पाठ्यक्रममा आधारित विभिन्न शैक्षिक भिडियो सामग्रीहरू हेरेर नयाँ कुराहरू सिक्न सक्नेछन्। त्यसैगरी जीपीएल एक गेमिङ पोर्टल हो जहाँ एचटीएमएलमा आधारित विभिन्न खेलहरूको मजा लिन सकिन्छ ।
यस अफरको अर्को आकर्षक पक्ष भनेको डिजिटल वालेट ‘खल्ती’ को प्रयोगमा दिइएको सहुलियत हो। पहिलो सिम प्रयोगकर्ताहरूले खल्ती एप प्रयोग गर्दा कुनै पनि डेटा शुल्क लाग्ने छैन। त्यस्तै, सिम लिएका ग्राहकहरूले ५० रुपैयाँ वा सोभन्दा बढीको प्रत्येक रिचार्जमा ७ दिनसम्म मान्य हुने ५०० एमबी बोनस डेटा समेत प्राप्त गर्नेछन्।
एसईई दिएका विद्यार्थीहरूले यो सिम लिनका लागि आफ्नो प्रवेश पत्र, आमा वा बाबुको नागरिकताको फोटोकपीसहित नजिकैको एनसेल सेन्टरमा जानुपर्नेछ। आवश्यक प्रमाणीकरणपछि उनीहरुको सिम सक्रिय हुन्छ।
एसईई दिएका विद्यार्थीहरूले देशभरका कुनै पनि एनसेल सेन्टरबाट सजिलै पहिलो सिम लिन सक्नेछन्।
एनसेलले एसईईका विद्यार्थीहरूका लागि सुलभ दरमा दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यसहित आफ्नो लोकप्रिय ‘पहिलो सिम’ अफरलाई यो वर्ष पनि निरन्तरता दिएको जनाएको छ। यो सिमले विद्यार्थीहरूलाई आफ्ना साथीभाइ, परिवारसँग सधैं सम्पर्कमा रहेर बाहिरी संसारसँग जोडिरहन महत्वपूर्ण भुमिका खेल्ने विश्वास कम्पनीले लिएको छ।
वैशाख ६, २०८३ आइतबार १४:०३:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।