सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौं : नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला एक हजार दुई सयले बढेको छ।
महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला तीन लाख एक हजार रुपैयाँ तोकेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि ९५ रुपैयाँले बढेर तोलामा पाँच हजार दुई सय २५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला पाँच हजार एक सय ३० रुपैयाँमा किनबेच भएको थियो।
वैशाख ६, २०८३ आइतबार १०:४६:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।