मुख्यमन्त्री र दलका नेतासँग छलफल गर्दै कांग्रेस
काठमाडौं : नेपाली कांग्रेसले पार्टीका सातै प्रदेशका सभापति, संसदीय दलका नेता र पार्टीका तर्फबाट मुख्यमन्त्री रहेकाहरूको बैठक बोलाएको छ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
बैठकको एजेन्डा प्रदेश सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउने र मन्त्रालयको संख्या घटाउने रहेको छ। कांग्रेसले हाल मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम गरी चार वटा प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ।
प्रदेश सरकारलाई प्रभावकारी बनाउन र सुशासन प्रवर्द्धन गर्न केन्द्रबाट आवश्यक समन्वय गर्ने पार्टीको तयारी छ। यसअघि कांग्रेसले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूसँग समन्वय गर्ने जिम्मेवारी सुम्पेको थियो।
वैशाख ६, २०८३ आइतबार १०:०६:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।