डोङफेङ भोयाले सार्वजनिक गर्‍यो हुवावे ‘हार्मोनीओएस’ सहितको नयाँ एसयूभी ‘ताइशान एक्स८’

डोङफेङ भोयाले सार्वजनिक गर्‍यो हुवावे ‘हार्मोनीओएस’ सहितको नयाँ एसयूभी ‘ताइशान एक्स८’

काठमाडौं : डोङफेङको लक्जरी ब्रान्ड भोयाले हुवावेको नयाँ पुस्ताको ‘हार्मोनीओएस’ ककपिट इकोसिस्टम प्रयोग गरिएको ५ सिटे ठूलो एसयूभी ‘ताइशान एक्स८’ सार्वजनिक गरेको छ।

यो गाडी ईभी र प्लग-इन हाइब्रिड दुवै संस्करणमा उपलब्ध हुनेछ।

पीएचईभी संस्करणमा ६५ किलोवाट आवरको ब्याट्री छ, जसले ३१० किलोमिटरसम्मको शुद्ध ईभी रेन्ज दिन्छ। नयाँ ईभी संस्करणमा भने १२० किलोवाट आवर सम्मको ठूलो ब्याट्री हुनेछ।

यसमा आठ सय भोल्ट प्लेटफर्म र फाइभसी फास्ट-चार्जिङ सुविधा रहेको छ। गाडीमा हुवावेको प्रविधिसहितको डुअल १५.६ इन्चको टुके इन्फोटेनमेन्ट स्क्रिन छ।

सन् २०२६ को मध्यबाट बुकिङ खुला हुने अपेक्षा गरिएको यो एसयूभीले बजारमा बीवाईडी बाओ ८ र हुवावेको आइटो एम८ जस्ता गाडीहरूसँग प्रतिस्पर्धा गर्नेछ।

अन्तर्राष्ट्रिय बजारमा भने यसलाई टाइटान एक्स८ नामबाट बिक्री गरिने सम्भावना रहेको छ।

वैशाख ५, २०८३ शनिबार १०:०२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।