याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत किस्ताबन्दीसँगै आकर्षक उपहार
काठमाडौं : नेपालका लागि याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रा. लि.ले नयाँ वर्षको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत वैशाख १ गतेदेखि ग्राहकले शून्य प्रतिशत ब्याजदरको सहज किस्ताबन्दीमा याडियाका कुनै पनि स्कुटर खरिद गर्न सक्नेछन्।
एकमुष्ट भुक्तानीको भार कम गर्दै विद्युतीय सवारीमा आम नागरिकको पहुँच बढाउने उद्देश्यले ल्याइएको यस अफरमा प्रत्येक स्कुटरको खरिदमा आकर्षक 'उपहार ह्याम्पर' समेत प्रदान गरिने कम्पनीले जनाएको छ।
लगातार नौ वर्षदेखि विश्वकै नम्बर १ विद्युतीय दुईपाङ्ग्रे ब्रान्डको रूपमा स्थापित याडियाको यो अफर वैशाख महिनाभरि देशभरका सबै सोरुमहरूमा उपलब्ध हुनेछ।
नयाँ स्कुटर खरिद गर्न चाहने ग्राहकले नजिकैको सोरुममा गएर यस अफरको फाइदा लिन सक्नेछन्।
वैशाख ५, २०८३ शनिबार ०९:५५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।