सामसङ ग्यालेक्सी ए५७ र एआई३७ फाइभजी नेपालमा सार्वजनिक, २४ महिनाको किस्ताबन्दी सुविधा
काठमाडौं : सामसङ नेपालले नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए५७ फाइभजी’ र ‘ग्यालेक्सी एआई३७ फाइभजी’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
यी फोनहरू किन्न ग्राहकले नागरिकता मात्र पेस गरेर ‘सामसङ इन्स्टा फाइनान्स’ मार्फत २४ महिनासम्मको सहज किस्ताबन्दी सुविधा प्राप्त गर्न सक्नेछन्।
फोनमा रेकर्डिङलाई टेक्स्टमा बदल्ने, अब्जेक्ट इरेजर र एआई सिलेक्ट जस्ता स्मार्ट सुविधा छन् भने ५० मेगापिक्सेलको मुख्य क्यामेरा र लामो समय टिक्ने ५ हजार एमएएच ब्याट्री छ।
पानी र धुलो प्रतिरोधी आईपी६८ रेटिङ सँगै ६ वर्षसम्मको ओएस र सुरक्षा अपडेट छ।
ग्यालेक्सी ए५७ फाइभ जी रु. ८४ हजार ९ सय ९९ र रु. ८९ हजार ९ सय ९९ (१२/२५६ जीबी)मा उपलब्ध छ भने यसको ईएमआई प्रतिमहिना रु. २ हजार ३ सय ६ बाट सुरू हुन्छ।
यस्तै ग्यालेक्सी एआई३७ फाइभजी रु. ६४ हजार ९ सय ९९ (८/१२८ जीबी), रु. ७२ हजार ९ सय ९९ (८/२५६ जीबी) र रु. ७९ हजार ९ सय ९९ (१२/२५६ जीबी) मूल्य तय भएको छ। यसको ईएमआई प्रतिमहिना रु. १ हजार ७ सय ६४ बाट सुरु हुन्छ।
यी स्मार्टफोनहरू नेपालभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध छन्।
वैशाख ५, २०८३ शनिबार ०९:४७:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।