टाटाको ‘स्विच टु टियागो इभी’ क्याम्प, बाइक र स्कुटरसँग टियागो इभी साट्न सकिने
काठमाडौं : टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने भएको छ। यस अभियानअन्तर्गत जुनसुकै ब्रान्डको पुरानो बाइक वा स्कुटरसँग नयाँ टाटा टियागो इभी साट्न सक्नेछन्।
देशभरका टाटा मोटर्स शोरुमहरूमा अप्रिल १७, १८, १९ र २० गते सञ्चालन हुने क्याम्पमा ग्राहकले ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा टियागो इभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
योजनामा पुराना दुईपाङ्ग्रे सवारीको उचित मूल्याङ्कन, नगद छुट, नि:शुल्क एक्सेसरिज र एक वर्षको सवारी कर छुट जस्ता सुविधाहरू समावेश गरिएका छन्।
साथै, खरिदकर्तालाई सिप्रदी नेटवर्कमार्फत आजीवन नि:शुल्क डीसी फास्ट चार्जिङ र नि:शुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधासमेत उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ।
यस अफरमा सहभागी मध्ये एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत ‘आइफोन १७ प्रो म्याक्स’ प्राप्त गर्ने मौका पाउनेछन्। आधुनिक र सुरक्षित विद्युतीय कार प्रयोग गर्न चाहनेहरूका लागि यो योजना उपयोगी हुने कम्पनीको विश्वास छ।
वैशाख ४, २०८३ शुक्रबार १४:५४:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।