कृषि विकास बैंक र सम्सारा रेमिटबीच रेमिट्यान्स साझेदारी
काठमाडौं : कृषि विकास बैंक र सम्सारा रेमिटबीच रेमिट्यान्स कारोबारसम्बन्धी साझेदारी सम्झौता भएको छ। बिहीबार सम्झौता पत्रमा बैंकका तर्फबाट उपमहाप्रबन्धक सुशील हुमागाईं र सम्सारा रेमिटका तर्फबाट कार्यकारी उपाध्यक्ष जीवन बाबु श्रेष्ठले हस्ताक्षर गरे।
सम्झौतासँगै अब विदेशबाट सम्सारा रेमिटमार्फत पठाइएको रेमिट्यान्स रकम कृषि विकास बैंकको देशव्यापी शाखा सञ्जालमार्फत सहजै भुक्तानी लिन सकिनेछ। विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रलाई लक्षित गरी ल्याइएको यो सेवा 'रियल-टाइम एपीआई' प्रणालीमा आधारित छ।
रेमिट्यान्स कारोबारलाई छिटो, सुरक्षित र भरपर्दो बनाउनुका साथै ग्रामीण क्षेत्रमा व्यवसाय विस्तार, कारोबार वृद्धि र आम्दानीमा सकारात्मक योगदान पुग्ने विश्वास दुवै संस्थाले लिएका छन्।
कार्यक्रममा बैंककी मार्केटिङ तथा सेल्स विभाग प्रमुख बीना शर्मा, व्यवसाय अधिकृत मणिराज ढुंगाना, सम्सारा रेमिटका वित्तीय प्रमुख राजीव पोखरेल र बैंकका वरिष्ठ शाखा प्रमुख आलोक जोशीको समेत उपस्थिति थियो।
वैशाख ४, २०८३ शुक्रबार १४:४२:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।