पुरानो गाडी साटेर जिलीको ईभी चढ्ने मौका, टेस्ट ड्राइभमै उपहार

पुरानो गाडी साटेर जिलीको ईभी चढ्ने मौका, टेस्ट ड्राइभमै उपहार

काठमाडौं : जिली EX5 म्याक्स तथा प्रो विद्युतीय सवारी साधनको आधिकारिक वितरक एलआरआर मोटर्सले वैशाख ४ गतेदेखि ८ गतेसम्म ‘सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ आयोजना गर्ने भएको छ। 

काठमाडौंको गैरीधारास्थित शोरुममा आयोजना हुने पाँच दिने मेला हरेक दिन बिहान १० देखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। कार्निभलमा आफ्ना पुराना सवारी साधनको उत्कृष्ट बजार मूल्याङ्कन प्राप्त गरी तत्काल एक्सचेन्ज गर्न सक्नेछन्। 

मेलामा जिलीका नवीनतम २०२४ मोडलका गाडीहरू उपलब्ध हुनुका साथै तुरुन्त फाइनान्सिङको सुविधा समेत दिइने कम्पनीले जनाएको छ। सहभागीका लागि नगद छुट, एक वर्षको अटो प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर (फिस्कल इयर ट्याक्स) र नि:शुल्क २-इन-१ चार्जर जस्ता आकर्षक प्याकेजहरू राखिएका छन्। 

थप आकर्षणको रूपमा ‘भेहिकल-टु-लोड’ (V2L) कफी अनुभव र प्रत्येक टेस्ट ड्राइभमा उपहार ह्याम्परको व्यवस्था गरिएको छ। एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठका अनुसार मेलाले एकीकृत अटोमोबाइल अनुभव प्रदान गर्दै सवारी स्वामित्वलाई सहज र लाभदायक बनाउनेछ। 

वैशाख ४, २०८३ शुक्रबार १४:३२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।