३३ अंकले घट्यो सेयर बजार, ९ अर्ब ३१ करोडको कारोबार

३३ अंकले घट्यो सेयर बजार, ९ अर्ब ३१ करोडको कारोबार

काठमाडौं : बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ। आज नेप्से ३३.८३ अंकले घटेर २८३३ विन्दुमा कायम भएको छ।

कारोबार रकम पनि घटेको छ। आज ९ अर्ब ३१ करोड कारोबार भयो। अघिल्लो दिन १० अर्ब ५३ करोड करोडको कारोबार भएको थियो।

३१ कम्पनीको मूल्य बढ्दा २३६ को घट्यो भने ३ को स्थिर रह्यो।

आज सबै समूहका उपसुचक घटेका छन्। फाइनान्स समूह सबैभन्दा धेरै १.९८ प्रतिशत घट्यो।

बैंकिङ ०.८०, विकास बैंक १.१५, होटल तथा पर्यटन ०.५०, हाइड्रोपावर १.५१, लगानी १.२७, जीवन बीमा ०.९० उत्पादन तथा प्रशोधन १.५४, माइक्रोफाइनान्स ०.७१, निर्जीवन बीमा १.२८ अन्य १.९० तथा व्यापार १.०१ प्रतिशत घटे।

५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक १० प्रतिशतले बढे भने होटल फरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर  ९.९९ प्रतिशत बढे।

आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, सोलु हाइड्रोपावर र रिडी पावर छन्।

वैशाख ३, २०८३ बिहीबार १५:१२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।