सीजीको ‘एक्सपिरियन्स लाइफ विथ सीजी’ अभियान सार्वजनिक
काठमाडौं : नेपालको अग्रणी घरेलु उपकरण ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ का लागि ‘एक्सपिरियन्स लाइफ विथ सीजी’ नामक वार्षिक अभियान सुरु गरेको छ।
‘भरोसा नेपालीको उत्सव नयाँ वर्षको’ नाराका साथ ल्याइएको यस योजनामा ग्राहकले विशेष छुट र सुविधाहरू पाउनेछन्।
अभियान अन्तर्गत सीजीका उत्पादन खरिद गर्दा निश्चित उपहार र क्यासब्याक प्रदान गरिनेछ। साथै, क्यूआर कोड स्क्यान गरी ग्राहकहरू बम्पर लक्की ड्रमा समेत सहभागी हुन सक्नेछन्।
कम्पनीले ग्राहकको सहजताका लागि नागरिकता मात्र भए पुग्ने गरी ‘शून्य प्रतिशत एमआई’को वित्तीय सुविधालाई पनि निरन्तरता दिएको छ।
४० वर्षभन्दा लामो इतिहास बोकेको सीजीका उत्पादनहरू देशभरका २१ शोरुम र ४० सेवा केन्द्रमार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
वैशाख ३, २०८३ बिहीबार ११:११:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।