सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौं : नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला १०० रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले बढेको हो।
महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँ तोकेको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि ३० रुपैयाँले वृद्धि भई प्रतितोला ५ हजार २५० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ५ हजार २२० रुपैयाँमा किनबेच भएको थियो।
वैशाख ३, २०८३ बिहीबार १०:५६:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।