पोको एक्स-८ सिरिजका दुई नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक
काठमाडौं : नेपालका लागि पोको स्मार्टफोनको आधिकारिक बिक्रेता टेलिटकले ‘पोको एक्स-८’ सिरिजअन्तर्गत दुई नयाँ स्मार्टफोन ‘एक्स-८ प्रो ५जी’ र ‘एक्स-८ प्रो म्याक्स ५जी’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
दुवै फोनमा १.५के रिजोलुसनसहितको १२०Hz एमोलेड डिस्प्ले, ५० मेगापिक्सेल मुख्य क्यामेरा, १०० वाटको हाइपरचार्ज, २७ वाट रिभर्स चार्जिङ र पानी तथा धुलोबाट बचाउने IP68 रेटिङ जस्ता अत्याधुनिक सुविधाहरू छन्।
प्रोसेसर र ब्याट्रीका हकमा 'एक्स-८ प्रो' मा डाइमेन्सिटी ८५००-अल्ट्रा प्रोसेसर र ६५०० mAh ब्याट्री छ भने 'एक्स-८ प्रो म्याक्स' मा डाइमेन्सिटी ९५०० एस चिपसेट र २ दिनसम्म टिक्ने ८५०० mAh को शक्तिशाली ब्याट्री जडान गरिएको छ।
पोको एक्स-८ प्रो ५जी ८+२५६ जीबीको मूल्य ६३ हजार ९ सय ९९ रुपैयाँ र १२+५१२ जीबीको मूल्य ७३ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। यो फोन कालो, हरियो र सेतो रङमा उपलब्ध छ।
यस्तै पोको एक्स-८ प्रो म्याक्स ५जी १२+२५६ जीबीको मूल्य ७९ हजार ९ सय ९९ रुपैयाँ र १२+५१२ जीबीको मूल्य ८९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। यो फोन निलो, कालो र सेतो रङमा उपलब्ध छ।
ग्राहकले यी फोनहरू टेलिटकका आधिकारिक शोरुम, देशभरका आउटलेट र दराजबाट खरिद गर्न सक्नेछन्। कम्पनीले खरिदमा ९ महिनासम्मको ईएमआई (किस्ताबन्दी) र १ वर्षको ब्रान्ड वारेन्टी सुविधासमेत उपलब्ध गराएको छ।
वैशाख ३, २०८३ बिहीबार ०९:१८:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।