प्रभु बैंकका ग्राहकलाई एसर ल्यापटप र एप्सन प्रिन्टर खरिदमा छुट

प्रभु बैंकका ग्राहकलाई एसर ल्यापटप र एप्सन प्रिन्टर खरिदमा छुट

काठमाडौं : प्रभु बैंक लिमिटेड र मर्केन्टाइल अफिस सिस्टम प्रालिबीच बैंकका ग्राहक तथा कर्मचारीलाई ल्यापटप र प्रिन्टर खरिदमा विशेष छुट दिने सम्झौता भएको छ।

यस सम्झौताअनुसार प्रभु बैंकका ग्राहकले मर्केन्टाइलबाट 'एसर' ल्यापटप र 'एप्सन' प्रिन्टर खरिद गर्दा ८ देखि १५ प्रतिशतसम्म र बैंकका कर्मचारीले १८ प्रतिशतसम्म छुट पाउनेछन्।

साथै, बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले 'इन्स्टापे' मार्फत किस्ताबन्दीको सुविधासमेत प्राप्त गर्न सक्नेछन्।

नेपालका लागि एसर र एप्सनको आधिकारिक बिक्रेता मर्केन्टाइल अफिस सिस्टमबाट यो सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

वैशाख ३, २०८३ बिहीबार ०९:०४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।