वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो, साढे १० अर्बको कारोबार

वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो, साढे १० अर्बको कारोबार

 काठमाडौं : नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ। आज नेप्से ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा कायम भएको छ।

बजार बढेसँगै कारोबार रकम पनि बढेको छ। आज १० अर्ब ५३ करोड ७० लाखको कारोबार भयो। अघिल्लो दिन ८ अर्ब ६६ करोडको कारोबार भएको थियो।

२२१ कम्पनीको मूल्य बढ्दा ४५ को घट्यो भने तीनको स्थिर रह्यो।

आज सबै समूहका उपसूचक बढेका छन्। होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ३.१६ प्रतिशत बढ्यो।

बैंकिङ १.३०, विकास बैंक १.५३, फाइनान्स १.२१, हाइड्रोपावर २.१४, लगानी ०.८९, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.६४, निर्जीवन बीमा ०.३९, अन्य ०.१० तथा व्यापार २.३३ प्रतिशत बढे।

७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सकारात्मक सर्किट लागेको छ। रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट र सिन्धु विकास बैंक १० प्रतिशतले बढे भने, सुपर खुदी हाइड्रोपावर ९.९९, शिखर पावर ९.९७ प्रतिशत बढे।

आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र रिडी पावर छन् ।

वैशाख २, २०८३ बुधबार १५:३३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।