एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा विशेष छुट

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा विशेष छुट

काठमाडौं : एनसेल र हिमालयन जाभा कफीबीचको सहकार्यमा नयाँ वर्ष २०८३ देखि एनसेलका ग्राहकहरूलाई विशेष छुट योजना सुरु भएको छ।

यसअन्तर्गत ग्राहकले देशभरका हिमालयन जाभा आउटलेटमा कफी, पेय पदार्थ र खानेकुरामा छुट पाउनेछन्।

४ सय ९९ रुपैयाँ वा सोभन्दा माथिको प्याक प्रयोगकर्ताका लागि एक कप कफी किन्दा अर्को कप निःशुल्क र तेस्रो कपमा ३० प्रतिशत पाइनेछ।

यस्तै २५ वर्षमुनिका युवा तथा पर्यटकहरूले ९९ रुपैयाँ वा माथिको प्याक खरिद गरेको भए सबै खानेकुरा र पेय पदार्थमा २० प्रतिशत छुट दिएको छ।

९९ रुपैयाँ वा माथिको प्याक चलाउने अन्य सबै ग्राहकका लागि खानेकुरा र पेय पदार्थमा १० प्रतिशत छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ।

यो सुविधा लिन ग्राहकले कुनै दर्ता प्रक्रिया पूरा गर्नु पर्दैन। एनसेल एपको ‘पार्टनर्ड सर्भिसेस’ भित्र ‘हिमालयन जाभा कफी’ छानेर आफ्नो योग्यता हेर्न सकिन्छ।

अर्डर गर्ने बेला एपको ‘लाइभ’ स्क्रिन देखाएर यो छुट प्याक सक्रिय रहेसम्म पटक-पटक लिन सकिने कम्पनीले जनाएको छ।

वैशाख २, २०८३ बुधबार १२:५३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।