टीभीएस एन्टर्कका प्रयोगकर्ता डेढ लाख पुगेको खुसीयालीमा शिवपुरीसम्म राइड
काठमाडौं : नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले एन्टर्क स्कुटर प्रयोगकर्ताको संख्या १ लाख ५० हजार पुगेको अवसरमा विशेष उत्सव मनाएको छ।
यसै खुसीयालीमा कम्पनीले शनिबार नक्साल शोरुमदेखि शिवपुरीको ग्रिन भ्याली रिसोर्टसम्म 'एनओजी राइड' आयोजना गर्यो।
उक्त राइडमा ग्राहक, मोटो भ्लगर र सञ्चारकर्मी गरी ७० जनाभन्दा बढीको सहभागिता थियो।
कार्यक्रममा सहभागीहरूलाई सुरक्षित राइडिङ तालिम दिनुका साथै विभिन्न मनोरञ्जनात्मक खेल खेलाएर उपहार तथा प्रमाणपत्र वितरण गरिएको थियो।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले डेढ लाख ग्राहकको साथ पाउनु टीभीएसका लागि गौरवको विषय भएको बताउँदै ग्राहकको अटुट विश्वासप्रति आभार व्यक्त गरे।
एन्टर्क विशेषगरी नेपाली युवाहरूमाझ निकै लोकप्रिय स्कुटर मानिन्छ।
वैशाख २, २०८३ बुधबार ११:३४:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।