फेरि तीन लाख नाघ्यो सुनको मूल्य, चाँदी पनि महंगियो

फेरि तीन लाख नाघ्यो सुनको मूल्य, चाँदी पनि महंगियो

काठमाडौं : नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। 

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार सात सय रुपैयाँ कायम भएको छ।

मंगलबार सुन प्रतितोला दुई लाख ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला पाँच हजार दुई सय २० रुपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार चाँदीको मूल्य प्रतितोला पाँच हजार ६५ रुपैयाँ थियो। चाँदीको मूल्य मंगलबार भन्दा प्रतितोला एक सय ५५  रुपैयाँले बढेको हो। 

वैशाख २, २०८३ बुधबार ११:०९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।