सामसङ नेपालद्वारा विशेष 'माइक्रोवेभ मास्टरक्लास' सम्पन्न
एजेन्सी : सामसङ नेपालले स्मार्ट र सहज कुकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले शनिबार (अप्रिल ११) द्वारका प्यालेसमा विशेष 'माइक्रोवेभ मास्टरक्लास' आयोजना गरेको छ।
कार्यक्रममा १७ वर्षको अनुभव भएका व्यावसायिक शेफ निमेश उलकले सामसङका सोलो, ग्रिल र कन्भेक्सन माइक्रोवेभ मोडलहरूको प्रयोग गरी छिटो, स्वादिलो र पोषणयुक्त खाना पकाउने तरिका सिकाएका थिए।
सहभागीहरूले माइक्रोवेभमार्फत तताउने, ग्रिल गर्ने, बेकिङ गर्ने र मल्टि-स्टेज कुकिङका सीपहरू सिकेका थिए।
साथै, कार्यक्रममा 'सामसङ स्मार्टथिंग्स एप' मार्फत बीस्पोक एआई वाशिङ मेसिन र फ्रिज जस्ता घरायसी उपकरणहरू चलाएर दैनिक जीवन कसरी सहज बनाउने भन्ने पनि प्रत्यक्ष प्रदर्शन गरिएको थियो।
सामसङका यी बहुउपयोगी माइक्रोवेभहरू देशभरका आधिकारिक स्टोरहरूमा उपलब्ध छन्।
वैशाख २, २०८३ बुधबार ०८:५३:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।